फाेटाे : रासस
काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओली दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थल पुगे। अवलोकन गर्नकै लागि पुगेका हुन्, किनभने यो वर्ष विमानस्थलका लागि बजेट छुट्याइएको रहेनछ। तर, चिन्ता लिनु पर्दैन-आगामी वर्ष बजेट छुट्याएर स्तरोन्नति गरिनेछ भन्ने प्रधानमन्त्री ओलीको प्रतिबद्धता छ।
प्रधानमन्त्री ओली एक्लै थिएनन्, उनिसँगै नेकपा (एमाले) महासचिव शङ्कर पोखरेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, राष्ट्रियसभाका पूर्वसदस्य कोमल वलीलगायत विमानस्थलको अवस्था ‘नजिकबाट हेर्न’ पुगेका थिए। अवलोकन गरियो, अब हेर्न बाँकी छ- कहिले उडान भरिन्छ!
तर, आजको दाङ भ्रमण ‘खाली हात’ भने रहेनछ। प्रधानमन्त्री ओलीले कोमल रिसोर्टको उद्घाटन पनि गरे। राष्ट्रियसभाका पूर्वसदस्य कोमल वलीले सञ्चालनमा ल्याएको उक्त रिसोर्ट अब औपचारिक रूपमा सुरु भएको छ। विमानस्थलको स्तरोन्नति अझै प्रतीक्षामा भए पनि रिसोर्टमा भने अब विश्राम गर्न पाइने भयो!
प्रतिक्रिया