काठमाडाैं- नेपालको अग्रणी विद्युतीय सवारी साधन (ईभी) वितरक सीजी मोटर्सले नेपालभर सबैभन्दा व्यापक र भरपर्दो चार्जिङ नेटवर्क निर्माण गर्दै विद्युतीय यातायातको भविष्यलाई नयाँ उचाइमा पुर्याउने अभियानलाई तीव्रता दिएको छ। २४८+ जीबीटी र २४+ सीसीएस-२ चार्जिङ स्टेसनहरू को व्यापक विस्तारसँगै, सीजी मोटर्सले ईभी प्रयोगकर्ताहरूको अनुभवलाई सहज, सरल, र विश्वासिलो बनाउने लक्ष्य राखेको छ।
विद्युतीय सवारीको लोकप्रियता बढ्दै गए पनि चार्जिङ पूर्वाधारको अभाव ठूलो चुनौती रहँदै आएको थियो। तर, सीजी मोटर्सले नेपालभर प्रमुख शहरदेखि राजमार्गसम्म चार्जिङ स्टेशनहरू विस्तार गरी रेन्ज एंग्जाइटी हटाउने क्रान्तिकारी कदम चालेको छ। अब, ईभी प्रयोगकर्ताहरू कुनै चिन्ता बिना लामो दूरीको यात्रा गर्न सक्नेछन्।
सीजी मोटर्सले ग्राहक सेवा अझ प्रभावकारी बनाउन CG Cares App सुरु गर्ने तयारी गरेको छ। यो एपमार्फत २४/७ रोडसाइड असिस्टेन्स (हटलाइन नम्बर: +९७७ ९७०७०९४२०७), सर्भिस तथा पार्ट्स केन्द्रहरूको जानकारी, सेवा बुकिङ र ट्र्याकिङ सुविधा, चार्जिङ स्टेसनहरूको वास्तविक समय जानकारी तथा सीजी मोटर्स सम्बन्धी नवीनतम जानकारी उपलब्ध गराउनेछ, जसले ईभी मालिकहरूको सम्पूर्ण आवश्यकतालाई एकै प्लेटफर्ममा सम्बोधन गर्नेछ।
नेपालभर २१ भन्दा बढी अत्याधुनिक सेवा केन्द्रहरू सञ्चालनमा रहेका छन् भने, काठमाडौँको बागडोलस्थित प्रमुख सर्भिस सेन्टरबाट ग्राहकलाई विश्वस्तरीय सेवा प्रदान गरिँदैछ।
नेपालको ईभी इकोसिस्टमलाई आधुनिक प्रविधि र सशक्त चार्जिङ नेटवर्कमार्फत वैश्विक स्तरमा प्रतिस्पर्धी बनाउने सीजी मोटर्सको प्रतिबद्धता भविष्यमा विद्युतीय यातायातको सुनौलो युगतर्फ अग्रसर हुँदैछ।
प्रतिक्रिया