तनहुँबाट तीन भरुवा बन्दुकसहित दुई पक्राउ

मंगलबार, ०६ फागुन २०८१, १० : २१

काठमाडौं - अवैध भरुवा बन्दुक राखेको आरोपमा तनहुँ प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।

प्रहरी निरीक्षक टेक प्रसाद सुवेदीको नेतृत्वमा खटिएको ग्रामीण गस्ती टोलीले देवघाट गाउँपालिका–४ मा छापा मार्दै उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार ६१ वर्षीय संखबिर गुरुङको घरबाट लुकाइराखिएको अवस्थामा एक नाले बन्दुक र त्यसको चाप ९घोडा नभएको बन्दुक० बरामद गरिएको छ। यस्तै, ६८ वर्षीय कृष्णबहादुर गुरुङको घरमा पनि लुकाइराखिएको एक नाले बन्दुक फेला परेको थियो।

तीन थान भरुवा बन्दुकसहित दुवै जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। हाल उनीहरू विरुद्ध आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ।

मंगलबार, ०६ फागुन २०८१, १० : २१

प्रतिक्रिया