अनलाइन जुवा खेलाएको आरोपमा बुढानीलकण्ठबाट २४ जना भारतीय पक्राउ

मंगलबार, ०६ फागुन २०८१, १२ : ४८

काठमाडौं - काठमाडौंको बुढानीलकण्ठमा प्रहरीले २४ जना भारतीय नागरिकलाई जुवा खेलाउने आरोपमा पक्राउ गरेको छ। 

आरोपीहरूले एक अर्ब ६४ करोड ३९ लाखको कारोबार गरेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ। गए राति बुढानीलकण्ठको एक घरमा गरिएको छापा मारेर अपराध अनुसन्धान कार्यालयको टोलीले २१ थान मोबाइल र ३८ थान ल्यापटप बरामद गरेको छ। 

प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान जारी राखेको जनाएको छ।
 

मंगलबार, ०६ फागुन २०८१, १२ : ४८

प्रतिक्रिया