काठमाडौं - अर्थ मन्त्रालयले गत असोज दोस्रो साता आएको बाढी र पहिरोबाट क्षति भएका २६ वटा आयोजना पुनर्निर्माणका लागि १८ अर्ब ८८ करोड रुपैयाँको स्रोत सहमति प्रदान गरेको छ।
फागुन ४ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट माग गरिएको अनुरूप, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज यी आयोजना पुनर्निर्माणका लागि आवश्यक स्रोत प्रदान गर्ने निर्णय गरेका छन्।
यस सहमतिको आधारमा, १३ वटा सडक र १३ वटा पुल पुनर्निर्माण गरिने छ। सडक पुनर्निर्माणका आयोजनामा प्रमुख बिपी राजमार्ग, मेची राजमार्ग, अरनिको राजमार्ग र कान्ति राजमार्ग समेत रहेका छन्।
अर्थ मन्त्रालयले जाजरकोट भूकम्पबाट क्षति भएका संरचनाको पुनर्निर्माण प्रक्रिया अघि बढाउनका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई अस्थायी कार्यालय स्थापनाका साथै दरबन्दी सिर्जना गर्न सहमति प्रदान गरेको छ।
प्रतिक्रिया