प्रेस सेन्टर नेपाल बागमती प्रदेशको पाँचौं अधिवेशन सम्पन्न, ध्रुव अधिकारीकाे नेतृत्वमा प्रदेश समिति चयन

मंगलबार, ०६ फागुन २०८१, १६ : ०३

काठमाडौं- प्रेस सेन्टर नेपाल बागमती प्रदेशको पाँचौं अधिवेशन सम्पन्न भएको छ । सोमबार सम्पन्न अधिवेशनले मकवानपुरका ध्रुव अधिकारीकाे नेतृत्वमा निर्विरोध नयाँ प्रदेश समिति चयन गरेको छ ।

त्यस्तै, उपाध्यक्षहरुमा राजन अधिकारी , गौतम जिरेल , अञ्जली तामाङ रहेका छन् भने महासचिवमा नबिन श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । समितिको सचिवहरुमा सुमन गैरे, मणिसुन्दर कोईराला, रोजन तमाङ, भावना रिजाल, गम्भिर वि.क रहेका छन् । कोषाध्यक्षमा राजेन्द्र गजुरेल, लेखा संयोजकमा बाल गोविन्द न्यौपाने, अनुशासन संयोजकमा मिना श्रेष्ठ रहेका छन्।

सदस्यहरुमा नवराज अधिकारी, सरला अधिकारी, मनोज दाहाल, अनिल अधिकारी, रुपा अर्याल, गीता अधिकारी, रुपा गुरुङ, कमला तामाङ, गोपीलाल तामाङ, उमेश राई, बबिता नेपाली, शिला पाठक, सन्तोष बस्ताकोटी, होमनाथ चौलागाईं र लेखा समिति सदस्यमा रञ्जिता श्रेष्ठ रहेका छन् । 

पूर्वसभामुख अग्नि प्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा सिन्धुपाल्चोकको सुकुटेमा सम्पन्न पाँचौं अधिवेशनबाट निर्विरोध निर्वाचित अध्यक्ष अधिकारीसहित नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुले  मंगलबार शपथ ग्रहण गरेका थिए । 

prssh-center-1536x1152

 

d59fd3c0-bdc6-47d8-84b4-8b9039ff53a1

 

मंगलबार, ०६ फागुन २०८१, १६ : ०३

प्रतिक्रिया