काठमाडाैं- अमेरिकी सहायता संस्था ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) अन्तर्गतका परियोजना हाललाई नेपालमा स्थगित भएका छन्। अर्थ मन्त्रालयका अनुसार नेपाललाई २ फागुन २०८१ मा औपचारिक रूपमा यसबारे जानकारी गराइएको हो।
नेपाल सरकार र एमसीसीबीच २९ भदौ २०७४ मा भएको सम्झौताअनुसार परियोजना कार्यान्वयन अघि बढाइँदै आएको थियो। तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको २० जनवरी २०२५ को कार्यकारी आदेशका कारण परियोजना ९० दिनका लागि स्थगित गरिएको मन्त्रालयले जनाएको छ।
सम्झौता अनुसार कुनै एक पक्षले ९० दिनको पूर्वसूचना दिएर सम्झौता रद्द गर्न सक्ने व्यवस्था रहेको छ। तर, अमेरिकाले नेपाललाई स्थगनको औपचारिक पत्र पठाउँदै सहयोग तत्काल लागू हुनेगरी रोकेको हो।
एमसीसी अन्तर्गत नेपालमा ऊर्जा र पूर्वाधार विकासका ठूला परियोजना सञ्चालन भइरहेका थिए। यो स्थगनले नेपालका महत्वपूर्ण विकास योजनामा अन्योल सिर्जना गरेको छ।
अर्थ मन्त्रालयका उच्च अधिकारीहरूले परिस्थितिको समीक्षा गरिरहेको जनाएका छन्। स्थगनको प्रभाव र आगामी रणनीति बारे सरकारले चाँडै निर्णय लिने अपेक्षा गरिएको छ।
प्रतिक्रिया