सर्वोत्तम सिमेन्ट कम्पनीले किन्यो जगदम्बा सिमेन्ट

बुधबार, ०७ फागुन २०८१, ११ : ५०

काठमाडौं – सर्वोत्तम सिमेन्टको सहायक कम्पनी सर्वोत्तम होल्डिङ्सले शुभश्री जगदम्बा सिमेन्ट मिल्स र जगदम्बा सिमेन्ट कम्पनीलाई खरिद गरेको छ। 

कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा पेस गरेको छैठौं साधारण सभामा यो जानकारी सार्वजनिक गरेको हो। शुभश्री जगदम्बा सिमेन्ट मिल्सको प्रतिसेयर १०० रुपैयाँ र जगदम्बा सिमेन्ट प्रालिको प्रति सेयर १५ रुपैयाँका दरमा खरिद गरिएको छ।

साधारण सभामा कम्पनीले ७ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ। सेयर बिक्रीसँगै शंकर ग्रुप जगदम्बा सिमेन्टबाट बाहिरिएको छ।

वर्तमानमा, जगदम्बा सिमेन्टले दैनिक १,००० टन सिमेन्ट उत्पादन गर्दै आइरहेको छ भने शुभश्री जगदम्बा सिमेन्टले वार्षिक ८ लाख टन सिमेन्ट उत्पादन गर्दै आइरहेको छ।

यो रणनीतिक खरिदले सर्वोत्तम होल्डिङ्सलाई सिमेन्ट उद्योगमा आफ्नो स्थान थप मजबुत बनाउनमा मद्दत गर्ने अपेक्षा गरिएको छ।

बुधबार, ०७ फागुन २०८१, ११ : ५०

प्रतिक्रिया