स्पेनले गर्यो कानुन उल्लंघन गर्ने चार नेपालीलाई निष्कासन

बुधबार, ०७ फागुन २०८१, १६ : ०५

काठमाडौं- कानुन उल्लंघन गरेको आरोपमा स्पेनले चार जना नेपालीलाई निष्कासन गरेको छ। गैरकानुनी तरिकाले स्पेनमा बस्दै आएका उनीहरूलाई यसै साता निष्कासन गरी नेपाल पठाइएको हो।

एक जनालाई टर्कीस एयरलायन्सको विमानबाट र तीन जनालाई कतार एयरलायन्सको विमानबाट काठमाडौं पठाइएको हो। निष्कासनमा पर्नेमा राना, खनाल, भण्डारी र केसी थरी रहेका छन्। राना 'ओभरस्टे' गरेको आरोपमा निष्कासनमा परेका हुन् भने बाँकी तीन जनालाई कुन कानुनअन्तर्गत निष्कासन गरिएको भन्ने विषय खुलाइएको छैन। 

दलाल र आकर्षक कमाइको प्रलोभनमा परेर नेपालीहरू युरोप पुग्ने गरेका छन्। तर, त्यहाँको कानुनबारे जानकार नहुँदा नेपालीहरू निष्कासनमा पर्ने गरेका छन्। गत माघमा स्पेनले पासपोर्ट फ्याँकेर लुकीछिपी बस्दै आएका ८ जना नेपालीलाई निष्कासन गरेको थियो।

बुधबार, ०७ फागुन २०८१, १६ : ०५

प्रतिक्रिया