पोखरा विश्वविद्यालयको दीक्षान्त समारोह आज, सात हजार ८७२ विद्यार्थी दीक्षित हुँदै

विहीबार, ०८ फागुन २०८१, ११ : ५७

काठमाडौं- पोखरा विश्वविद्यालयको २० औं दीक्षान्त समारोह आज पोखरा महानगरपालिका-३० ढुुङ्गेपाटनस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा हुँदैछ ।

समारोहमा विभिन्न तह र विषयका सात हजार ८७२ जना विद्यार्थीलाई उपाधि प्रदान गरिने विश्वविद्यालयका जनाएको छ ।

विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीको समुपस्थितिमा हुने समारोहमा शिक्षाविद् जर्ज जोनले दीक्षान्त मन्तव्य व्यक्त गर्ने  कार्यक्रम  छ ।

विहीबार, ०८ फागुन २०८१, ११ : ५७

प्रतिक्रिया