काठमाडौं - राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ र १२ का परीक्षार्थीहरूको लागि पुराना आंशिक र ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक गरेको छ।
आगामी २०८२ वैशाख २६ गतेदेखि सुरु हुने परीक्षामा साधारणतर्फ र प्राविधिकतर्फका परीक्षार्थीहरूको परीक्षा तालिका प्रकाशित गरिएको हो।
परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको तालिकाअनुसार, साधारणतर्फका परीक्षार्थीहरूको रजिष्ट्रेशन नम्बर सुरुका दुई अंक ५६ देखि ७७ हुनेछन् भने प्राविधिकतर्फका परीक्षार्थीहरूको रजिष्ट्रेशन नम्बर सुरुका दुई अंक ७३ देखि ७८ हुनेछन्। यी परीक्षार्थीहरूको परीक्षा आगामी वैशाख २६ गतेदेखि सुरु भएर जेठ १६ गतेसम्म सञ्चालन हुनेछ।
साधारणतर्फका परीक्षार्थीहरूको पुराना आंशिक र ग्रेडवृद्धि परीक्षा र प्राविधिकतर्फका परीक्षार्थीहरूको आंशिक परीक्षा पनि यसै तालिका अनुसार हुने छ। परीक्षाहरू बिहान ७ बजेदेखि १० बजेसम्म सञ्चालन हुनेछन्।
प्रतिक्रिया