काठमाडाैं- कोदाली भेन्चर्स प्रा. लि. ले स्वास्थ्यप्रेमी उपभोक्ताहरूका लागि उत्कृष्ट प्राकृतिक खाद्य उत्पादनहरू नेपाली बजारमा ल्याएको छ। नेपाली किसानहरूले उत्पादन गर्ने कोदो, फापर, चिनो, कागुनो, मूङ दाल, भटमास जस्ता रैथाने अन्नलाई आधार मानेर तयार पारिएका यी उत्पादनहरू स्वास्थ्यका दृष्टिकोणले अत्यन्त लाभदायक छन्।
रसायनरहित, पूर्णत: प्राकृतिक उत्पादनहरू उच्च पौष्टिक तत्वहरू समावेश भएका छन्। यी उत्पादनहरूले नेपाली स्वाद र परम्परालाई प्राथमिकता दिएका छन्।
कोदाली भेन्चर्सका उत्पादनहरू नेपाली बजारमा उपलब्ध छन्। फाफर फ्लेक्स टुसा उमारेको फापरबाट बनेको सुपरफुड हो, जसले रक्तमा सुगरको मात्रा नियन्त्रण गर्न मद्दत गर्छ। कम प्रसोधित भएकाले पौष्टिक तत्वहरू यथावत् रहन्छन्, जसले स्वस्थ जीवनशैली अपनाउन चाहनेहरूका लागि उत्कृष्ट विकल्प बनाउँछ।
भिगन प्रो टुसा उमारिएको मूङ, तिल र जडिबुटी मिसाइएको २५% प्रोटिनयुक्त पीठो हो। बारा, सुप, आँटाका परिकारहरू बनाउन उपयोगी, यो प्रोटिनको उत्तम स्रोत हो। स्वस्थ शरीरको चाहना राख्ने जो कोहीका लागि अनिवार्य मानिन्छ।
माइ चोइस कोदो, फापर, सूर्यमुखी, कोका र गुड मिसाएर तयार पारिएको विशेष पौष्टिक पेय हो। बच्चाहरूलाई स्वस्थ खानपानको बानी बसाल्न सहयोगी यो पेयले बालबालिकाका लागि आवश्यक पोषण प्रदान गर्छ।
प्यानकेक (मिठ्ठो गिले रोटी) जौँ, फापर, कागुनो, आलस र गुड मिसाएर बनाइएको विशेष आहार हो। ओमेगा-३ लगायतका पोषक तत्वहरूले भरिपूर्ण, मुटु र मस्तिष्क स्वास्थ्यका लागि उपयोगी छ।
कोदाली भेन्चर्सले कुनै रासायनिक संरक्षक वा कृत्रिम पदार्थ प्रयोग नगरी पूर्णतः प्राकृतिक रूपमा उत्पादनहरू तयार पार्छ। यसले नेपाली उपभोक्ताहरूलाई स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्नुका साथै, स्थानीय उत्पादन र परम्परागत खाद्य संस्कृतिको प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।
अब नेपाली स्वाद र स्वस्थ जीवनशैलीलाई जोड्दै, कोदाली भेन्चर्सले भविष्यमा आफ्ना उत्पादनहरूलाई विश्व बजारमा समेत विस्तार गर्ने योजना बनाएको छ। साथै, नेपाली महिलाहरूको उद्यमशीलता र आत्मनिर्भरतालाई सशक्त बनाउँदै लैजाने कम्पनीको प्रतिबद्धता छ।
थप जानकारीका लागि सम्पर्क गर्नुहोस्: ईमेल: [email protected]
फोन: 01-5913959, 9841826099
प्रतिक अधिकारी प्रबन्ध निर्देशक, कोदाली भेन्चर्स प्रा. लि.
प्रतिक्रिया