माैसम पूर्वानुमान

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : यी प्रदेशहरुमा वर्षा र हिमपातको सम्भावना

शुक्रबार, ०९ फागुन २०८१, ०६ : १६

काठमाडाैं- देशमा हाल पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव सक्रिय रहेको छ, जसका कारण पहाडी तथा हिमाली क्षेत्रको मौसम प्रभावित बन्ने देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार, आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने अन्य भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यत: सफा रहनेछ।

सुदूरपश्चिम, कर्णाली, गण्डकी तथा कोशी प्रदेशका पहाडी क्षेत्रमा एक-दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ। त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात हुने अनुमान गरिएको छ।

रातिको समय कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ भने अन्य भूभागमा आंशिक बदलीदेखि मौसम खुल्नेछ। उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना कायमै रहनेछ।

यस मौसमी प्रणालीको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पार्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। विशेषगरी, उच्च पहाडी तथा हिमाली भेगमा बसोबास गर्ने तथा यात्रा गर्ने व्यक्तिहरूलाई अतिरिक्त सावधानी अपनाउन सुझाव दिइएको छ।

शुक्रबार, ०९ फागुन २०८१, ०६ : १६

प्रतिक्रिया