हाम्रो पात्रोले ल्यायो मेगा रिलिज, अहिलेसम्मकै सबैभन्दा ठूलो अपडेट सार्वजनिक

शुक्रबार, ०९ फागुन २०८१, १० : ०६

काठमाडौं – नेपालको सर्वाधिक लोकप्रिय एप ‘हाम्रो पात्रो’ले आफ्नो प्रयोगकर्ताहरूका लागि नयाँ र सुविधाहरू सहितको मेगा रिलिज लिएर आएको छ।  यस नयाँ संस्करणले प्रयोगकर्ताहरूलाई अझ सहज, व्यक्तिगत र समृद्ध अनुभव प्रदान गर्ने उद्देश्य राखेको छ। त्यसबाहेक यस संस्करणले प्रयोगकर्ताहरूलाई आफ्नो दैनिक जीवनलाई व्यवस्थित गर्न, चाडपर्व ट्र्याक गर्न र अन्तरक्रियात्मक सामग्रीहरूमा संलग्न हुन सजिलो बनाउँछ।

हाम्रो पात्रोका डायरेक्टर सुदिना गौतम भन्छिन्, “समय अनुसार प्रयोगकर्ताहरूलाई नयाँ अपडेट प्रदान गर्ने कुरा हामीले सधैँ ध्यानमा राखीरहेका हुन्छौं । यो हाम्रो पात्रोको अहिलेसम्मको सबैभन्दा ठूलो रिलिज हो भनेर भन्न सकिन्छ । हाम्रो पात्रोको यो नयाँ स्वरूप र हामीले थपेका नयाँ सुविधाहरू प्रयोगकर्ताहरू माझ पस्कन पाउँदा एकदमै उत्साहित छौं । प्रयोगकर्ताहरूले यस संस्करणलाई पनि उत्तिनै माया दिनुहुनेछ भनेर विश्वस्त छौं । ”

यस अपडेटपछि प्रयोगकर्ताहरूले हाम्रो पात्रोको क्यालेन्डरमा आफ्नो गूगल क्यालेन्डर क्थलअ गर्न सक्नुहुनेछ, जसले सबै महत्वपूर्ण मिति र इभेन्टहरूलाई एकै स्थानमा व्यवस्थापन गर्न सजिलो बनाउँछ। साथै, ऋगकतयmष्शभ ज्बmचय क्भचखष्अभक फिचर प्रयोग गरेर प्रयोगकर्ताहरूले आफूले प्रयोग गर्ने सेवाहरूलाई मात्र प्राथमिकता दिँदै आफ्नो आवश्यकता अनुसार एपलाई व्यक्तिगत बनाउन सक्नुहुनेछ। त्यसबाहेक, प्रयोगकर्ताहरूले आफ्नो सहजता अनुसार एपको फन्ट ९ँयलत० साइज पनि बदल्न सक्नुहुनेछ।

त्यसैगरी, धेरै देशका समय क्षेत्रहरू Multiple Country Time Zones हेर्न र व्यवस्थापन गर्न सकिने सुविधाले विशेष गरी विदेशमा रहेका नेपालीहरूलाई लाभान्वित गर्नेछ। लामो समय देखि प्रयोगकर्ताहरूले माग गरिरहेको ष्इक् मा नोट्स राख्न र कमेन्ट गर्न सकिने सुविधा पनि यसपटकको अपडेटमा थपिएको छ ।

नयाँ थपिएको सदस्यता ९ःझदभचकजष्उ० सुविधाले प्रयोगकर्ताहरूलाई एड फ्री सब्स्क्रिपसन, गुगल क्यालेन्डर क्थलअ, हाम्रो सेवाहरूमा विशेष छुट लगायतका विभिन्न लाभहरू सुपथ मूल्यमा खरिद गर्न सक्ने विकल्पपनि प्रदान गरेको छ । 

नयाँ इभेन्टहरू खोज्ने Customize Hamro Services , प्रश्नोत्तर र मतदान(Event Search)मा सहभागी हुने र एनिमेटेड दैनिक डूडलहरू(Animated Daily Doodles) जस्ता सुविधाहरूले प्रयोगकर्ताहरूको अनुभवलाई थप रमाइलो बनाउनेछन्।

त्यसबाहेक, अब हाम्रो पात्रो एपबाटै इभेन्टहरूको टिकट खरिद गर्न सकिने नयाँ सुविधा उपलब्ध भएको छ। हाम्रो पात्रोको आफ्नै वालेट “हाम्रो पे” का साथै मोबाइल बैंकिङ र ऋयललभअत क्ष्एक् को प्रयोग गरेर पनि टिकट खरिद गर्न सकिनेछ। यो सुविधाले प्रयोगकर्ताहरूलाई कुनै एक भुक्तानी प्लेटफर्ममा मात्र निर्भर नरहन मद्दत गर्ने तथा भुक्तानी प्रक्रियालाई अझ सजिलो बनाउने उद्देश्य राखेको छ।

स्वदेश या विदेशमा बस्नुहुने नेपालीहरूको दैनिक जीवनको हिस्सा बन्न सफल “हाम्रो पात्रो”को यो नयाँ अपडेटले नेपाली समुदायको डिजिटल साथीको रूपमा आफ्नो स्थानलाई अझ सुदृढ बनाउनेछ।


 

शुक्रबार, ०९ फागुन २०८१, १० : ०६

प्रतिक्रिया