काठमाडौं- सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेडले शेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।
कम्पनीको फागुन ८ गते बसेको सञ्चालक समितिको बैठकले गत आवको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको आधारमा २६.९८४१२६९८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.४२०२२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
घोषित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृति भई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीहरूमा वितरण हुनेछ।
प्रतिक्रिया