उडिसाको किट विश्वविद्यालयमा नेपाली विद्यार्थी जानुको कारण यस्तो रहेछ !

शुक्रबार, ०९ फागुन २०८१, ११ : ४७

काठमाडौं– भारतको उडिसा राज्यस्थित किट विश्वविद्यालयमा नेपाली विद्यार्थी प्रकृति लम्सालको रहस्यमय मृत्यु भएपछि त्यहाँ अध्ययनरत विद्यार्थीहरु असुरक्षित महशुस गरेर स्वदेश फर्किएका छन् । त्यहाँ १ हजार १ सय ६० विद्यार्थी अध्ययनरत रहेको तथ्यांक सार्वजनिक भएको छ । 

कलेज प्रशासनले सुरक्षा व्यवस्था प्रदान गर्न नसकेको भन्दै विद्यार्थीहरु अध्ययन छाडेर फर्कन थालेपछि माफी मागको थियो । तर, नेपाली विद्यार्थीहरु प्रति गरिएको अभद्र व्यवहार र असुरक्षाका कारण अहिले नेपाल फर्किने क्रम जारी छ।

नेपालबाट भारत पढ्न जाने विद्यार्थीहरुले शिक्षा मन्त्रालयबाट एनओसी लिनुपर्ने प्रावधान छ । उनीहरुले मन्त्रालयबाट सो अनुमति लिएर मात्रै भारत पढ्न जान पाइन्छ ।

नेपाली विद्यार्थीहरुको किट कलेजमा अध्ययनका लागि विभिन्न कन्सल्टेन्सीले सहजीकरण गरेर त्यहाँ पठाएको पाइएको छ । कतिपय विद्यार्थी छात्रवृत्ति पाएर आफैं भर्ना भएका छन् भने केही विश्वविद्यालयमै सम्पर्क गरेर अध्ययन गर्न पुगेको पाइएको छ । बुटवलमा रहेको कन्सल्टेन्सी एफलिन्डर्स एजुकेशन नेटवर्क प्रालिले हालसम्म ६० जना विद्यार्थीलाई त्यहाँ पढ्न पठाएको देखिएको छ ।

वीरगंजको एक कन्सल्टेन्सी पनि किट विश्वविद्यालयमा विद्यार्थी पढ्न पठाएको पाइएको छ । वीरगंज स्थित एक्सल वल्र्ड एजुकेशन कन्सल्टेन्सीमार्फत पनि ३० विद्यार्थी त्यहाँ पढ्न गएका छन् । गत वर्ष ३० जना नेपाली विद्यार्थी किटमा पढ्न गएको पाइएको छ । त्यस्तै वीरगंजमा रहेकै अनस्टेबल एजुकेशन कन्सल्टेन्सी र आद्मि नेपाल लगायतका कन्सल्टेन्सीले समेत नेपाली विद्यार्थी पठाउने गरेको पाइएको छ ।
 
 

शुक्रबार, ०९ फागुन २०८१, ११ : ४७

प्रतिक्रिया