काठमाडौं- इजरायलको तेल अभिभको दक्षिणमा रहेको ब्याट याम शहरमा तीन वटा बसमा बम विस्फोट भएको छ । बीबीसीका अनुसार यी विस्फोटमा अहिलेसम्म कुनै हताहतीको विवरण आएको छैन ।
इजरायली प्रहरीले यसलाई संदिग्ध आतङ्कवादी आक्रमण भएको बताएको छ । प्रहरीले अन्य दुई बसमा विस्फोट गराउने उद्देश्यले राखिएको यन्त्रलाई पनि निष्क्रिय पारेको खबरमा उल्लेख छ ।
अनुसन्धान गर्न सजिलो होस् भनेर देशका सबै बस र रेलको आवतजावतमा प्रतिबन्ध लगाईएको छ । त्यस्तै, इजरायली रक्षा बललाई वेस्ट बैंकमा रहेका शरणार्थी शिविरहरूमा सक्रियता बढाउन आदेश दिइएको छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले घटनालाई लिएर चिन्ता व्यक्त गर्दै घटनास्थलमा बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी खटाइएको जानकारी दिएका छन्। -एजेन्सी
प्रतिक्रिया