नियमित भिडियो ब्रिफिङ सुरु गर्दै स्वास्थ्य मन्त्रालय

शुक्रबार, ०९ फागुन २०८१, १३ : १९

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित रुपमा गतिविधिको भिडियो ब्रिफिङ गर्ने भएको छ ।

मन्त्रालयले फागुन ९ गते शुक्रबारबाट हरेक साता दिउँसो १ः३० बजे गतिविधिको भिडियो ब्रिफिङ गर्ने भएको हो ।

साताभर मन्त्रालयबाट भएका नीतिगत परिवर्तनका निर्णय, गतिविधि तथा स्वास्थ्य क्षेत्रका जानकारी समेटेर साप्ताहिक ब्रिफिङ गर्ने निर्णय गरिएको मन्त्रालयले जानकारी दिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रालय तथा स्वास्थ्य सम्बन्धी गतिविधि र सूचना नागरिकले बढी भन्दा बढी थाहा पाउने व्यवस्था मिलाउन भनेका थिए । हाल मन्त्रालयले हेल्लो स्वास्थ्यमार्फत् निःशुल्क हटलाइन नम्बर १११५, सामाजिक सञ्जाल तथा इमेलबाटसमेत नागरिकका गुनासा लिएर सम्बोधन गर्दै आइरहेको छ । 

यसैक्रममा नागरिकको सूचना पहुँच वृद्धि गर्न भिडियो ब्रिफिङ शुरुवात गर्न लागिएको हो । मन्त्रालयले सञ्चारमाध्यमका अलावा सामाजिक सञ्जालबाटसमेत यस्ता गतिविधि नियमित प्रसार गर्ने तयारी गरेको छ । 

शुक्रबार, ०९ फागुन २०८१, १३ : १९

प्रतिक्रिया