घोडागाउँको मनमोहक रातो माटो, आन्तरिक पर्यटनको गन्तव्य

शनिबार, १० फागुन २०८१, १९ : १८

रोल्पा- यहाँको सुनिल स्‍मृति गाउँपालिका–१ स्थित घोडागाउँको जंगलमा रहेको रातो माटोको चौर र ससाना ढिस्कोले आन्तरिक पर्यटकलाई आकर्षित गरेको छ । अनौठो भू–बनोट भएकाले यस क्षेत्र आन्तरिक पर्यटकहरुका लागि पर्यटकीयस्थल बनेको छ । 

पछिल्लो समय यस स्थलमा नेपाली चलचित्र छायाँकनको पनि उपयुक्त गन्तव्य बनेको छ । आकर्षक माटोको ढिस्कोले मनमोहक देखिय यस ठाउँमा नेपाली चलचित्र र विभिन्न म्युजिक भिडियो छायाँकनका लागि निर्माताहरु पुग्ने गरेका छन् । केही दिन अघि माात्रै नेपाली चलचित्र ‘मोहर’ को छायाँकन पनि यही गरिएको थियो ।

 

शनिबार, १० फागुन २०८१, १९ : १८

प्रतिक्रिया