आशा लघुवित्तको ‘लक इन’ अवधि आजदेखि सकिँदै

आइतबार, ११ फागुन २०८१, १२ : ०७

काठमाडौं - आशा लघुवित्तको ‘लक इन’ अवधि आजदेखि समाप्त हुँदै छ ।  आशा लघुवित्तमा गाभिएको साबिक संस्था राष्ट्र उत्थान लघुवित्तको संस्थापक तथा कर्मचारीको शेयरको ‘लक इन’ आजबाट समाप्त हुन लागेको हो । 

हाल संस्थापक शेयर १९ लाख ९९ हजार ३७५, कर्मचारीको १४ हजार ८५२.५० गरी कुल २० लाख १४ हजार २२७.५० कित्ता लक इनमा रहेको छ । लक इन अवधि सकिएसँगै दोस्रो बजारमा कारोबार हुनेछ । 

साथै, संस्थापक शेयर सदस्यमध्ये सञ्चालक सदस्यमा रहेका व्यक्ति तथा कम्पनीको उच्च तहमा रहेका कर्मचारीले पनि उक्त शेयर बिक्री गर्न पाउनेछैनन् । 
 

आइतबार, ११ फागुन २०८१, १२ : ०७

प्रतिक्रिया