मस्कले अमेरिकाका सरकारी कर्मचारीलाई भने– ‘उपलब्धिको सूची बनाऊ वा राजीनामा देऊ’

आइतबार, ११ फागुन २०८१, १५ : ४०

अमेरिकाका सरकारी कर्मचारीहरूले शनिवार दिउँसो प्राप्त गरेको एउटा इमेलमा उनीहरूलाई गत साताका उपलब्धिहरू सूचीबद्ध गर्न वा राजीनामा दिन आग्रह गरिएको थियो।

यो डोनाल्ड ट्रम्प प्रशासनले सङ्घीय कर्मचारीहरूलाई लक्षित गरी चालेको पछिल्लो कदम हो।

ट्रम्पका विश्वासपात्र अर्बपति इलोन मस्कले ‘गत साता उनीहरूले के गरे भन्ने बुझ्नका लागि’ कर्मचारीहरूले चाँडै इमेल प्राप्त गर्ने जनाउँदै ट्वीट गरेपछि कर्मचारीले त्यस्तो इमेल पाएका थिए।

ट्रम्प र उनको टोलीले यो साता गरेका १९ निर्णय कस्ता छन् ?
ट्रम्पले अन्त्य गर्ने भनेको जन्मका आधारमा नागरिकता कस्तो व्यवस्था हो, अन्य देशमा यससम्बन्धी कस्तो कानुन छ

उनले लेखेका थिए, ‘उत्तर दिन असफल भएमा त्यसलाई राजीनामाका रूपमा लिइनेछ।’

कसले पठायो इमेल ?
मस्कले सरकारी खर्च कटौतीका लागि आक्रामक रूपमा कोषहरूलाई निलम्बन गर्ने तथा कर्मचारीहरूलाई हटाउने प्रयासको नेतृत्व गर्दै आएका छन्।

ट्रम्पले कन्जर्भेटिभ पोलिटिकल एक्सन कन्फरेन्स ९सीप्याक० मा बोलेको केही समयपछि उक्त इमेल कर्मचारीहरूको इनबक्समा प्राप्त भएको थियो।

त्यसको विषयमा ‘तपाईंले गत साता के गर्नुभयो?’ भनेर लेखिएको थियो।

इमेल पठाउनेमा एचआर अर्थात् जनशक्ति व्यवस्थापन गर्ने निकाय उल्लेख गरिएको छ।

ट्रम्प प्रशासनको कदमविरुद्ध कर्मचारीले प्रदर्शन पनि गरेका थिए

इमेलमा के छ ?
बीबीसीले प्राप्त गरेको इमेलको प्रतिलिपिमा कर्मचारीहरूलाई सोमबार मध्यरातअघि गोप्य जानकारीको खुलासा नगरी पाँच वटा बुँदामा गत साता कर्मचारीहरूले गरेका काम तथा उपलब्धिबारे उल्लेख गर्न भनिएको छ।

यद्यपि उक्त इमेलमा जबाफ दिन असफल भएमा त्यसलाई राजीनामा मानिने छ वा छैन भनेर उल्लेख गरिएको छैन।

अमेरिकी सङ्घीय सरकारको जनशक्ति व्यवस्थापन गर्ने निकायले बीबीसीको अमेरिकी समाचार साझेदार सीबीएससँग ती इमेलहरू सक्कली भएको पुष्टि गरेको छ।

उक्त निकायले ूदक्ष र जवाफदेही सङ्घीय जनशक्तिप्रति ट्रम्प प्रशासनको प्रतिबद्धतालाई अघि बढाउने हिस्साका रूपमाू कर्मचारीहरूले उनीहरूका प्रबन्धकलाई पनि ूसीसीमा राख्दैू इमेल गरेर गत साता उनीहरूले गरेका कामको विवरण मागिएको जनाएको छ।

यसमा आगामी कदम के हुन्छ भन्ने निर्णय ट्रम्प प्रशासनका निकायहरूले निर्धारण गर्ने पनि स्पष्ट पारेको छ।


द डिपार्टमन्ट अफ गभर्मन्ट इफिशन्सी (डीओजीई) आधिकारिक सरकारी निकाय होइन। तर मस्कको टोलीले ह्वाइट हाउसको स्वीकृतिमा अमेरिकी सङ्घीय पूर्वाधारहरूमा व्यापक परिवर्तनहरू गरिरहेको छ।

आन्तरिक राजस्व सेवा, पेन्टागन र सङ्घीय उड्डयन प्रशासनलगायतका अन्य कैयौँ निकायहरूबाट हालैका साताहरूमा हजारौँ सरकारी कर्मचारीलाई बर्खास्त गरिएको छ।

पछिल्लो इमेलले मस्कले सन् २०२२ मा सामाजिक सञ्जाल प्लेटफर्म ट्विटर किनेपछि कर्मचारीहरूलाई गरेको व्यवहार प्रतिबिम्बित गरेको छ।

आफूले ट्विटर किनेपछि उनले कर्मचारीहरूलाई चेतावनीहरू दिएका थिए र राजीनामा गर्न बाध्य बनाएका थिए।

ट्रम्पले बारम्बार मस्कले अपनाएको सरकारी क्षेत्रमा गरिने कटौतीका उपायहरूको प्रशंसा गरेका छन्।
लोरा ब्लजी र एना फेगी
बीबीसी, वाशिङ्टन डीसी

आइतबार, ११ फागुन २०८१, १५ : ४०

प्रतिक्रिया