खाँदबारी–किमाथांका सडक सुक्खा पहिरोले अवरुद्ध

सोमबार, १२ फागुन २०८१, १३ : १५

काठमाडौं - कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी–किमाथांका सडक सुक्खा पहिरोका कारण अवरुद्ध भएको छ । 

आज बिहान भोटखोलाको हटिया र हुङगुंगबीचको धिग डाँडाखण्डमा पहिरो झरेको भोटखोला गाउँपालिकाका अध्यक्ष वांगछेदर भोटेले जानकारी दिए । उनका अनुसार ढुंगा खसेपछि उक्त सडक अवरुद्ध भएको हो ।

सदरमुकाम खाँदबारीबाट एक सय नौ किलोमिटरको दूरीमा रहेको सो स्थानमा पहिरो खसेको हो । पहिरो खसेपछि भोटखोला खाँदबारी आउने तथा खाँदबारीबाट गएका सवारीसाधन पनि बाटोमै थन्किएका छन् । पहिरोले  करिब ३० मिटर सडक पुरिएको छ । 


 

सोमबार, १२ फागुन २०८१, १३ : १५

प्रतिक्रिया