काठमाडौं- मेडिकल व्यवसायी तथा अभियान्ता दुर्गा प्रसाईंले नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चरेसको थालले पुगेन केराको पातले के पुग्ला ? भन्दै व्यंग्य गरेका छन् ।
सोमबार पार्टीको तराई मधेश जागरण अभियानको क्रममा झापा पुगेका प्रचण्डले राजवंशी परिवारको घरमा केराको पातमा खाना खाएका थिए । आफ्नै गृह जिल्ला पुगेर केराको पातमा खाना खाएको विषय सार्वजनिक भएपछि प्रसाईंले सामाजिक सञ्जालमार्फत प्रचण्डलाई कटाक्ष गरेका हुन् ।
प्रसाईंले लेखेका छन्
चरेसको थालले पुगेन। केराको पातले के पुग्ला ? मार्सीले पुगेन ।
ढिंडोले के पुग्ला ? बन्दुकले पुगेन ।
गफले के पुग्ला ? कमरेड सत्ताले पुगेन ।
गाउँको गुन्द्रीले के पुग्ला ?
अब जनता जति झुक्किने झुक्किए , नझुक्काउनुस फेरी । तपाईहरुका झुट्टा सपनाले थाकि सके जनता,अब नथकाउनुस फेरी ।
गाँठो जहाँबाट अल्झिएको हो, फेरी त्यहिं आएर फुकाउनु पर्छ । गाँठो फुनाउने नै हो भने २०४७ सालको संबिधानमा फर्किनुपर्छ ।
देश बनाउँछन् अब कम्युनिस्ट मिल्छन् भनेर चरेसको थालीमा मार्सीको भात खुवाउँदा त केही नापेनौ, सबै मिलेर देश नाङ्गो बनायौ ,सबै नेपालीलाई सुकुम्बासी बनायौ नेपालका घर खाली गरायौ,बचेका घर छन् घरको ढोका खोल्ने मान्छे छैन। बुढा आमा बुवालाई तातो पानी खुवाउने सन्तान बाँकी राखेनौ, पैसा जति मारवाडीका हातमा र विदेशमा पुर्यायौ । अहिले गोहीको आँसु झार्दै गाउँ गाउँमा गयर मर्निङ्गवाक गर्दै केराको पातमा भात खाँदा केही नापिनेवाला छैन।
प्रतिक्रिया