काठमाडौं - प्रतिनिधिसभाको आजको बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरण टुक्र्याउनेसम्बन्धी दुई वटा विधेयक प्रस्तुत गरिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ र नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ प्रस्तुत गरे । लामो समयदेखि प्राधिकरण टुक्र्याउने विषयमा छलफल भए पनि विधेयक अगाडि बढ्न सकेको थिएन ।
नेपालको हवाई क्षेत्रमा देखिएको समस्या मसाधान गर्ने र अन्तर्राष्ट्रिय निकायले राख्दै आएको कालोसूची हटाउने लगायतका विषयसमेतमा सो विधेयकको आवश्यकता महशुस गरिँदै आएको थियो । रासस
प्रतिक्रिया