काठमाडौं- भारतको उडिसा राज्यको भुवनेश्वरस्थित किट विश्वविद्यालयबाट फर्केका विद्यार्थी त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा भर्ना हुन पाउने भएका छन् ।
त्रिविले एक विज्ञप्ति जारी गर्दै त्यहाँ श्रृजना भएको समस्याको कारणले स्वदेश फिर्ता हुन बाध्य भएका नेपाली विद्यार्थीहरूले त्रिविमा सञ्चालित कार्यक्रम र विषयमा अध्ययन गर्न चाहेमा क्रेडिट ट्रान्सफर नीति अनुरुप भर्ना हुन सक्ने स्पष्ट पारेको हो।
त्रिभुवन विश्वविद्यालय, शिक्षाध्यक्षको कार्यालयले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ,'भारतको उडिसा राज्यको भुवनेश्वर स्थित किटमा सृजना भएको समस्याको कारणले स्वदेश फिर्ता हुन बाध्य भएका नेपाली विद्यार्थीहरूले त्रिविमा सञ्चालित कार्यक्रम र विषयमा अध्ययन गर्न चाहेमा त्रिविको क्रेडिट ट्रान्सफर नीति अनुरूप भर्ना गर्न सकिने बेहोरा सम्बन्धित सबैका लागि जानकारी गराइन्छ ।'
प्रतिक्रिया