११ निर्माण कम्पनीसँग सार्वजनिक खरिद अनुगमन कार्यालयले माग्यो लिखित स्पष्टीकरण (सूचीसहित)

विहीबार, १५ फागुन २०८१, ११ : ४०

काठमाडौं - प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले ११ निर्माण कम्पनीलाई स्पष्टीकरण मागेको छ । कार्यालयले ११ निर्माण कम्पनीलाई सन्तोषजनक काम नगरेको कारण सात दिन भित्र स्पष्टीकरण बुझाउन निर्देशन दिएको हो। 

यस सूचीमा प्रमुख रूपमा जनकपुरका तीनवटा निर्माण कम्पनीको नाम समावेश छ। यी कम्पनीहरूमा शिव कुमार महतो नेतृत्वको सिंह कन्स्ट्रक्सन, निरज कुमार मिश्र नेतृत्वको एसडी कन्स्ट्रक्सन र राधेश्याम झा नेतृत्वको शिवम् कन्स्ट्रक्सन पर्छन्।

पछिल्लो समय ३० दिनको समयसीमा निर्धारण गरिएको थियो, तर निर्माण व्यवसायीहरूले त्यसको पालना नगरेपछि, कार्यालयले अन्तिम पटक सात दिनको म्याद थप गरेको हो।

सार्वजनिक खरिद अनुगमन कार्यालयले समयमै काम पूरा नगर्ने र गुणस्तरमा कमी आउने निर्माण कम्पनीहरूसँग कडा कदम चाल्न आवश्यक भएको बताएका छन्।

Notice-1-1740628637

विहीबार, १५ फागुन २०८१, ११ : ४०

प्रतिक्रिया