ट्राफिक प्रहरी पोस्ट काँकारभिट्टाबाट टिभिआरएस प्रणाली सुरु

विहीबार, १५ फागुन २०८१, १७ : ०१

काठमाडौं - काँकरभिट्टा ट्राफिक प्रहरी पोष्टका प्रमुख प्रहरी नायव निरीक्षक पूर्ण गौतमका अनुसार सो प्रणाली लागु भएसँगै यातायात व्यवस्थापनमा सहयोग पुग्नुका साथ ट्राफिक नियम विपरीत सवारी साधन चलाएबापत दण्डित सवारी चालकले नगदको सट्टाबैंकिङ प्रणालीबाट कारोबार गर्नुपर्ने हुन्छ ।

यसअघि झापाको बिर्तामोड र दमकमा सुरु भएको टिभिआरएस प्रणालीलाई पूर्वतर्फ विस्तार गरी मेचीनगरसम्म पुर्‍याइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेलले जानकारी दिए । झापाको गौरीगञ्ज, कन्काई, सुरुंगा, बुद्धशान्ति, अर्जुनधारा लगायतका सडक मार्ग समेतमा टिभिआरएस सेवा क्रमशः विस्तार गर्ने योजना रहेको जानकारी दिए ।

ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनको स्वचालित रूपमा पहिचान भई ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने भएकाले सवारी साधनको चाप हुने प्रमुख सडक मार्गमा यो प्रणाली लागु लागेको ट्राफिक प्रहरी कार्यालय झापाले स्पष्ट गरेको छ ।

टिभिआरएस प्रणालीले सवारी साधनको गति, लेन परिवर्तन, ट्राफिक संकेत उल्लंघनजस्ता गतिविधिलाई निगरानी गरी अभिलेखीकरण गर्ने भएकाले ट्राफिक नियम पालनामा सुधार ल्याउने र दुर्घटना दर घटाउने अपेक्षा गरिएको छ । 

यसैगरी दण्ड जरिवानाबापत तिर्नुपर्ने तोकिएको रकम सोझै राजश्वमा दाखिला हुने भएकाले पारदर्शी र जबाफदेही बनाउन पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ । रासस

विहीबार, १५ फागुन २०८१, १७ : ०१

प्रतिक्रिया