फाइल फोटो
काठमाडौं- परराष्ट्रमन्त्री आरजु राणा आएको कतार एयरवेजको जहाज कलकत्ता ‘डाइभर्ट’ भएको छ। राणा स्विट्जरल्यान्डको जेनेभामा २४(२६ फेब्रुअरीसम्म भएको हुमन राइट्स काउन्सिलको बैठकमा सहभागी भएर नेपाल फर्किँदै थिइन्।
मौसममा आएको खराबीले त्रिभुवन विमानस्थलमा कम भिजिबिलिटी हुँदा राणा आएको कतार एयरवेजको जहाज भारतको कलकत्ता डाइभर्ट गरिएको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार अवतरणको प्रयास गरे पनि नसकेपछि केही फन्का मारेर भारत मोडिएको हो ।
प्रतिक्रिया