काठमाडौं – अमेरिका र युक्रेनबीच हुने भनिएको खनिज सम्झौता असफ भएको छ । वार्ताका क्रममा अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोदिमिरबीच चर्काचर्की भएपछि पछि सम्झौता असफल भएको अन्र्तराष्ट्रिय सञ्चार माध्ययमहरुले जनाएका छन् ।
युक्रेनको खनिज अमेरिकाले प्रयोग गर्न पाउने गरी सम्झौता गर्ने तयारीका साथ वार्ता भए पनि असफल भएको हो । यसअघि अमेरिका र युक्रेनबीच खनिजसँग सम्बन्धी सम्झौता गर्न सहमति भएको थियो । यसै बैठकमा हस्ताक्षर गर्ने तयारी भए पनि बैठक तनावपूर्ण भयो ।
ट्रम्पले यो सम्झौतालाई युद्धविरामका लागि पहिलो सर्तका रुपमा लिएका थिए । तर, उपराष्ट्रपति जेडी भान्सको नेतृत्वमा भएको कूटनीतिक दबाबका कारण वार्ता तनावपूर्ण बनेको बताइएको छ ।
यस घटनाले अमेरिका–युक्रेन सम्बन्ध थप जटिल बनाएको छ । र, युक्रेनलाई अमेरिकी सैन्य सहायताको निरन्तरता पनि अन्योल भएको छ ।युक्रेनका राष्ट्रपति जेलेन्स्की बैठक नसकी हिंडेपछि सम्झौता अघि बढ्न नसकेको बताइएको छ । खनिज सम्झौता हुने निश्चित जस्तै भएपछि अमेरिकी राष्ट्रपति ट्रम्पले बैठक सुरु हुनुअघि जेलेन्स्कीको प्रशंसासमेत गरेका थिए । तर, बैठक सुरु भएपछि अवस्था सामान्य रहेन ।
समाचार एजेन्सी रोयटर्सका अनुसार चर्काचर्कीसँगै ट्रम्पले नै यो सम्झौता अगाडि बढाउने पक्षमा देखिएका छैनन् । चर्का चर्की भएपछि ट्रम्पले जेलेन्स्कीलाई चेतावनी दिंदै, ‘ तिमी तेस्रो विश्वयुद्धको जुवा खेलिरहेका छौं ।’ समेत भनेका थिए ।
प्रतिक्रिया