महायज्ञमा सहभागी हुन राष्ट्रपति पौडेल पोखरामा

शनिबार, १७ फागुन २०८१, ११ : ३१

काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेल कास्कीको पोखरा पुगेका छन् । 

पोखरा महानगपालिका– १८ सराङकोटमा जारी श्रीमद्भागवत ज्ञान महायज्ञ तथा धार्मिक उत्सवमा सहभागी हुन राष्ट्रपति सराङकोट पुगेका हुन् । नेपाली सेनाको हेलिकप्टरमा पुगेका उनले सराङकोटमा स्थापित पञ्चमुखी गणेश र कैलाशेश्वर शिवालयको उद्‌घाटन गर्ने कार्यक्रम छ ।

सराङकोटमा यही फागुन १४ गतेदेखि श्रीमद्भागवत ज्ञानमहायज्ञ भइरहेको छ ।


 

 
शनिबार, १७ फागुन २०८१, ११ : ३१

प्रतिक्रिया