काठमाडौं - उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले भएका कमी कमजोरी पहिचान गरी सुधार गरेर देश विकास गर्न सरकार अग्रसर रहेको बताएका छन् ।
शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको सरकार नेपाली कांग्रेस र नेकपा एमालेसहित अन्य साना राजनीतिक दलहरू मिलेर देशमा शान्ति, सुशासन र विकास निर्माण गर्नका लागि बनेको बताए ।
उनले नागरिकले सरकारकै सुनिश्चितता छैन कसरी देश विकास गर्छौ ?भन्ने प्रश्न गरेपछि देश विकाससँगै सरकारको स्थायित्वका लागि अहिलेको सरकार निर्माण भएको बताए । उपप्रधानमन्त्री सिंहले लोकतन्त्रमा सबै कुरा व्यक्त गर्ने अधिकार रहेको भए पनि अधिकारको मात्रै कुरा गर्ने तर जिम्मेवारीअनुसार काम नगर्ने कुराले समाजलाई सही ठाउँमा नपुर्याउने बताए ।
राजनीतिक स्थायित्व भए मात्रै देशको अर्थतन्त्र सुदृढ पुर्नेसहितका विकासका कामहरू अघि बढ्न सक्ने बताए । जीवन र जीविकोपार्जन सहज हुनुपर्ने आवाज सबै नागरिकको भएकाले सोहीअनुसार सरकारले काम गरिरहेको उनले जिकिर गरे ।
प्रतिक्रिया