पहिरो खसेर अवरुद्ध लोकमार्ग सञ्चालन

शनिबार, १७ फागुन २०८१, १३ : ४६

काठमाडौं - दार्चुलाको महाकाली नगरपालिका–५ किम्तडी ठण्याकाठामा पहिरो खस्दा शुक्रवार बिहानदेखि अवरुद्ध सडक सञ्चालन भएको छ । 

आज बिहानदेखि निर्माण व्यवसायीले स्काभेटर प्रयोगगरी सडक खुलाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी छत्रबहादुर रावतले जानकारी दिए । 

सडक खुलेसँगै शुक्रवारदेखि रोकिएका छोटो तथा लामो दूरीका सवारीसाधन गन्तव्यतर्फ लागेका छन् ।
 

शनिबार, १७ फागुन २०८१, १३ : ४६

प्रतिक्रिया