काठमाडौं - नेपालको पर्यटन राजधानी पोखरामा पहिलो त्रिदेशीय पर्यटन एक्स्पो 'नेपाल-इन्डिया-चाइना एक्स्पो २०२५' (नाईस २०२५) २४ देखि २६ फेब्रुअरीसम्म सम्पन्न भएको छ।
प्यासिफिक एसिया ट्राभल एसोसिएसन ९पाटा० नेपाल च्याप्टरद्वारा नेपाल पर्यटन बोर्ड, पोखरा पर्यटन परिषद् र स्थानीय, प्रदेश, राष्ट्रिय र क्षेत्रीय स्तरका सरकारी तथा निजी क्षेत्रका सरोकारवालाहरूको सहकार्यमा आयोजित यस एक्स्पोमा १४ देशका ६०० भन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
एक्स्पोको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले २४ फेब्रुअरीमा पोखरा इभेन्ट सेन्टरमा गरेका थिए। यस अवसरमा मंत्री पाण्डेले नेपालको पर्यटनलाई प्रोत्साहन गर्न र अन्तर्राष्ट्रिय साझेदारीलाई थप सुदृढ पार्न यस्तो प्रकारका इवेन्टहरूको महत्वलाई जोड दिएका थिए।
फेब्रुअरी २३ मा आयोजित एक दिने परिचयात्मक भ्रमणमा अन्तर्राष्ट्रिय पाहुनाहरूलाई 'सनराइज ट' सनसेट इन पोखरा' र 'नेचर एन्ड एडभेन्चर इस्केप इन पोखरा' जस्ता इमर्सिभ भ्रमण कार्यक्रमहरूको आयोजना गरिएको थियो, जसमा पोखराको प्राकृतिक सौन्दर्य र साहसिक गतिविधिहरूलाई प्रमुख आकर्षण बनाइएको थियो।
फेब्रुअरी २४ मा आयोजित नाईस २०२५ कन्फेरेन्समा विज्ञ वक्ताहरूले विविध विषयमा प्रस्तुतिहरू गरेका थिए। 'इन्नोवेशन एण्ड लिडरशिप इन टुरिज्म एण्ड होस्पिटालिटी,' 'चाइना आउटबाउन्ड एण्ड इट्स इम्प्याक्ट अन साउथ एशियन डेस्टिनेसन,' 'माईस टुरिजम,' 'हाई भेल्य' हेल्थ मार्केट्स,' र 'इन्डियन वेडिङ्ग्स इन नेपाल' जस्ता बिषयमा विशेषज्ञहरूले आफ्ना विचार राखेका थिए।
यसको पछिल्लो चरणमा २५ र २६ फेब्रुअरीमा बिटुबी एक्स्पो आयोजना गरिएको थियो, जहाँ भारत र चीनका ८० क्रेता र ७५ बिक्रेता संस्थाहरूको सहभागिता रहेको थियो। यसले २,१०० भन्दा बढी पूर्वनिर्धारित व्यापार अपोइन्टमेन्टहरू र नेटवर्किङ अवसरहरू प्रदान गरेको थियो।
नाईस २०२५ को समापन समारोह फेब्रुअरी २६ मा क्लब क्याटवाकमा आयोजित गरिएको थियो, जसमा नेपाल पर्यटन बोर्डको बिदाइ रात्रीभोज कार्यक्रमले संगीत, नृत्य र सम्मानको मिश्रण प्रस्तुत गर्दै एक अविस्मरणीय साँझ सिर्जना गरेको थियो।
प्रतिक्रिया