ट्रम्पसँगको विवादपछि बेलायत पुगे जेलेन्स्की, हतियार किन्न २.२६ बिलियन पाउन्ड ऋण सम्झौता

आइतबार, १८ फागुन २०८१, ०८ : १६

काठमाडौं– रुस–युक्रेन युद्धलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको चर्काचर्की र विवादपछि युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्की बेलायत पुगेका छन् ।
बेलायती प्रधानमन्त्री किएर स्टार्मरले युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग इङ्ग्ल्यान्डको टेन डाउनिङ स्ट्रीटमा भेट गर्दै बेलायत युक्रेनको साथमा रहेको बताएका छन् ।

युद्धमा बेलायतले आफुलाई साथ दिएकोमा बेलायती प्रधानमन्त्री किएर स्टार्मरलाई धन्यवाद दिदै जेलेन्स्कीले खुसी व्यक्त गरे । जेलेन्स्की र स्टार्मरले युक्रेनी सैन्य आपूर्ति र हातहतियार खरिदका लागि २.२६ बिलियन पाउन्ड ऋणमा हस्ताक्षरसमेत गरेका छन् ।

जेलेन्स्कीले आइतबार बेलायतका राजा चाल्र्स तृतीयसँग पनि भेट्ने कार्यक्रम रहेको छ भने स्टार्मर आइतबार रुस–युक्रेन युद्ध समाप्त गर्ने प्रयास स्वरुप व्यापक युरोपियन सुरक्षामा चर्चा गर्न युरोपियन देशका नेताहरुको एक शिखर सम्मेलनमा सहभागी हुँदैछन् ।

आइतबार, १८ फागुन २०८१, ०८ : १६

प्रतिक्रिया