नयाँ बानेश्वरमा प्रहरी र प्रदर्शनकारीबीच झडप, डीएसपी पौडेल घाइते

आइतबार, १८ फागुन २०८१, १३ : २९

काठमाडौं - काठमाडौंको नयाँ बानेश्वरमा ‘स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समिति’ले आयोजना गरेको प्रदर्शनमा झडप भएको छ। 

झडपमा प्रहरी वृत्त सिंहदरबारका डीएसपी गंगा पौडेल घाइते भएका छन् । डीएसपी पौडेलको सिभिल अस्पतालमा उपचार हुँदैछ ।  संघर्ष समितिले केही समयदेखि काठमाडौंमा प्रदर्शन गरिरहेको छ ।

निषेधित क्षेत्र तोड्न खोजेपछि बानेश्वरस्थित बेकरी क्याफे अगाडी झडप भएको प्रहरीले जनाएको छ । प्रदर्शनकारीहरू तर्फ पनि केही घाइते भएका छन् ।
 

आइतबार, १८ फागुन २०८१, १३ : २९

प्रतिक्रिया