अमेरिकामा पक्राउ परे रास्वपाका केन्द्रीय सदस्य मोहन थापा

आइतबार, १८ फागुन २०८१, १६ : ५२

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य मोहन जंग थापा अमेरिकामा पक्राउ परेका छन् ।

थापा अघिल्लो साता नेपालबाट फर्किने क्रममा पेन्सिल्भेनिया विमानस्थलबाटै पक्राउ परेको र फिलाडेल्फियास्थित हिरासत केन्द्रमा राखिएको बताइएको छ। थापालाई पक्राउ गर्नुको कारण भने खुलिसकेको छैन।

उनी केही वर्षअघि सवारी चालक अनुमतिपत्र दुरुपयोग घरेको घटनामा मुद्दा चलेर जेलसमेत बसेका थिए। त्यसछि उनको अमेरिकी नागरिकता समेत रद्द भएको थियो।

आइतबार, १८ फागुन २०८१, १६ : ५२

प्रतिक्रिया