काठमाडौं - नेपालमा सन् २०२५ को दोस्रो महिना अर्थात् फेब्रुअरीमा ९६ हजार ८८० पर्यटक भित्रिएका छन्, जुन गत वर्षको यही अवधिको तुलनामा ०.५६ प्रतिशतले थोरै हो। २०२४ को फेब्रुअरीमा ९७ हजार २२६ पर्यटक नेपाल आएका थिए।
नेपाल पर्यटन बोर्डका अनुसार, फेब्रुअरी महिनामा सबैभन्दा बढी पर्यटक भारतबाट आएका छन्। भारतका १९ हजार १८७ पर्यटक नेपाल भ्रमण गर्न आएका छन्। यसैगरि, अमेरिकाबाट १० हजार ३४८, चीनबाट ८ हजार २३२, थाइल्यान्डबाट ५ हजार ६०९ र बेलायतबाट ५ हजार ५७ पर्यटक नेपाल आएका छन्।
यस्तै, २०२५ को जनवरी महिनामा ७९ हजार ९९१ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।
प्रतिक्रिया