काठमाडौं - अभियान लघुवित्त वित्तीय संस्थाले एक दिने अर्धवार्षिक प्रगति समीक्षा तथा शाखा व्यवस्थापन तालिम सम्पन्न गरेको छ ।
वित्तीय संस्थाले पुर्वक्षेत्र अन्तर्गत अनुगमन दमक र झुम्का अन्तर्गतका कार्यालय प्रमुखहरूसँग फागुन १७ गते शनिवार इटहरीमा वित्तीय संस्थाका अध्यक्ष बाबुराम थापा साथै प्रमुख कार्यकारी अधिकृतको तेजेन्द्र शर्मा लम्सालको समुपस्थितिमा र मध्य क्षेत्र अन्तर्गत अनुगमन रुपनी र ढल्केवर अन्तर्गतका कार्यालय प्रमुखहरूसँग १९ गते सोमवार प्रमुख कार्यकारी अधिकृतको समुपस्थितीमा बर्दिवासमा कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा दोस्रो त्रैमासिक अवधिसम्मको प्रगति समीक्षा, बजेट कार्यान्वयनमा देखिएका समस्या तथा समाधानका सम्भावित उपायहरू र भावी कार्य योजनाका विषयमा छलफल गरिएको थियो ।
कार्यक्रमको सहजीकरण वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत तेजेन्द्र शर्मा लम्साल र मुख्य प्रबन्धक कृष्ण बहादुर खड्काले गरेका थिए ।
प्रतिक्रिया