काठमाडौं - टिकटकले आफ्ना प्रयोगकर्तालाई ६० मिनेटसम्मको भिडिओ अपलोड गर्ने नयाँ सुविधा प्रदान गर्न थालेको छ।
यसअघि, टिकटकले आफ्नो प्लेटफर्ममा १० मिनेटसम्मको भिडिओ अपलोड गर्ने सुविधा दिन्थ्यो, तर अब ६० मिनेटसम्मको भिडिओ अपलोड गर्न सक्ने भएका छन्।
सुरूवातमा टिकटकमा १५ सेकेन्डको भिडिओ मात्र अपलोड गर्न सकिन्थ्यो। त्यसपछि क्रमशः भिडिओको समयावधि एक मिनेट, तीन मिनेट र पछि १० मिनेटसम्म बढाइएको थियो। अब, ६० मिनेटसम्मको भिडिओ पनि अपलोड गर्न सकिने भएको छ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यम डेजर्टओ डट इनका अनुसार, अहिले टिकटकको एपबाटै भिडिओ बनाउँदा १० मिनेटसम्मको भिडिओ अपलोड गर्न सकिन्छ। तर, यदि तपाईं बाहिरबाट भिडियो तयार पार्नुहुन्छ भने, ६० मिनेटसम्मको भिडिओ पनि टिकटकमा अपलोड गर्न सकिनेछ।
प्रतिक्रिया