अमेरिकाबाट निकालिएका नेपाली ल्याएको जहाज काठमाडौंमा अवतरण

बुधबार, २१ फागुन २०८१, १० : ३६

काठमाडौं- अवैध आप्रवासीका रुपमा अमेरिकामा रहेका नेपालीलाई ल्याएर आएको अमेरिकी जहाज काठमाडौंमा अवतरण गरेको छ । 

डोनाल्ड ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हालेपछि निष्कासित भएका नेपालीहरूलाई लिएर अमेरिकी चार्टर जहाज काठमाडौं आइपुगेको हो ।

अध्यागमन कानुन उल्लंघन गर्ने आठ जना नेपालीलाई लिएर अमेरिकी चार्टर जहाज बुधबार बिहान १० बजे काठमाडौं अवतरण गरेको त्रिभुवन विमानस्थल स्रोतले जनाएको छ ।

बुधबार, २१ फागुन २०८१, १० : ३६

प्रतिक्रिया