प्रधानमन्त्री ओलीलाई प्रश्न सोध्ने पत्रकारको संसद पास निलम्बन

बुधबार, २१ फागुन २०८१, ११ : ५७

काठमाडौं- संघीय संसद सचिवालयले प्रधानमन्त्रीलाई गलत प्रश्न सोधेको भन्दै दुई जना पत्रकारको संसद पास निलम्बन गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई केही दिन अघि संसद भवन परिसरमा पत्रकारहरुले तानाशा र हिटलर बन्न लागेको हो ? भन्दै प्रश्न गरेका थिए । उक्त प्रश्न सोध्ने पत्रकारद्वय प्रकाश वली र किशोरकुमार श्रेष्ठको संसद पास निलम्बन गरिएको हो ।

संघीय संसदको महासचिवस्तरीय निर्णयबाट उनीहरुको प्रेस पास निलम्बन गरिएको संसद सचिवालयले जनाएको छ । ओली ‘सुनौलो नेपाल’ युट्युब च्यानलका सञ्चालक हुन् भने श्रेष्ठ  ‘युवा मन नेपाल’ च्यानलका सञ्चालक हुन् ।  दुबैलाई बुधबारसम्म प्रेस पास फिर्ता गर्न समयसीमा दिइएको छ । 

एमाले सांसद सूर्य थापाले प्रधानमन्त्रीलाई अमर्यादित रुपमा प्रश्न सोध्ने पत्रकारमाथि नियमन गर्न संसदमा ध्यानाकर्षण गराएका थिए । 

बुधबार, २१ फागुन २०८१, ११ : ५७

प्रतिक्रिया