काठमाडौं- नेपाल सरकारका पूर्वसचिव एवं सामाजिक अभियान्ता भीम उपाध्यायले पूर्वराजालाई श्रीपेच फिर्ता दिन सुझाब दिएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत पूर्वराजालाई श्रीपेच फिर्ता दिएर राजसंस्था पुनस्र्थापना गरी राजनीतिक स्थायित्व कायम गर्न सुझाब दिएका हुन् ।
उनले फेसबुकमा श्रीपेचको तस्बिर राखेर लेखेका छन् , यो नासो फिर्ता दिएर राजनीति स्थिर पारे हुन्न र?
सामाजिक सञ्जालमा निकै सक्रिय उपाध्यायका फेसबुकमा लाखौं फलोअर्सहरु छन् । फेसबुकको माध्यमबाटै उनले असहाय र समस्यामा परेकालाई सहयोग समेत जुटाउँदै आएका छन् । पछिल्लो समय एमालेविरुद्ध आक्रामक ढंगले लागेको भन्दै उनको टिप्पणी हुने गरेको छ ।
फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले वर्तमान व्यवस्थाका कारण मुलुकमा संकट निम्तिएको भन्दे आफूलाई साथ दिन आग्रह गरेका थिए । उनको उक्त अभिव्यक्तिपछि राजावादीहरु निकै हौसिएका छन् । उनीहरु उत्साहित हुँदै बुधबार नारायणहीटी अगाडि प्रदर्शन समेत गरेका थिए ।
पूर्वसचिव उपाध्यायले भने सार्वजनिक रुपमा राजसंस्था पुनस्र्थापनको पक्षमा वकालत गरेका थिएनन् । उनले पहिलोपटक बुधबार बेलुका राजसंस्थाको पक्षमा अभिव्यक्ति दिएका हुन् ।

प्रतिक्रिया