काठमाडौं– काठमाडौँको धुम्बाराहीमा विद्युतीय बसमा आगलागी भएको छ । चक्रपथ परिक्रमा रुटमा चल्ने प्रदेश–३–०५–००५ ख ९६९३ नम्बरको बसमा बुधवार आगलागी भएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बसमा आगलागी भएको जानकारी दिए । उनका अनुसार आगलागीको जानकारी पाउनसाथ प्रहरीले बसको आगो तत्कालै नियन्त्रणमा लिएको थियो ।
रातिमा चार्ज गर्ने क्रममा बसमा आगलागी भएकोले कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया