काठमाडौं - महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारणसभा भोलि फागुन २३ गते बस्दैछ । सभा कम्पनीको केन्द्रीय कार्यालय सप्तरीमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
सभाले गत आर्थिक वर्षको वित्तीय विवरण छलफल गरी पारित गर्ने, चालू आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने तथा ४ जना संस्थापक र २ जना सर्वसाधारण सेयरधनीको निर्वाचन गर्नेछ ।
त्यसैगरी, एफपीओ निष्काशनबाट प्राप्त रकमलाई चुक्ता पूँजीमा वृद्धि गर्ने, कम्पनीको संस्थापक सेयरलाई सर्वसाधारण सेयर समूहमा परिवर्तन गर्ने र मर्जरका लागि उपयुक्त वित्तीय संस्था पहिचान गरी सोसम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ । तर, कम्पनीले लाभांशसम्बन्धी कुनै प्रस्ताव गरेको छैन ।
त्यसैले, यस वर्ष लगानीकर्ताहरू हात खाली हुनेछ। सभा प्रयोजनार्थ कम्पनीले फागुन ९ गते एक दिन बुक क्लोज गरिसकेको छ । जस अनुसार फागुन ८ गतेसम्म कायम सेयरधनीले मात्रै सभामा भाग लिन पाउनेछन् ।
प्रतिक्रिया