काठमाडौं– काठमाडौंको शंखरापुर नगरपालिका –६ सलम्बुटारस्थित बेवारिसे बालबालिकाहरु भएको टहराभित्र टिपर छिर्दा तीन जनाको मृत्यु भएको छ ।
द्वन्द्वपीडित तथा अपांग समाज नेपाल (सीभीडीएस) ले सञ्चालन गरेको आश्रयस्थलमा आज बिहान ३ः४० बजे बा २ क ६५८० नम्बरको टिपर बाटो छाडेर आश्रयस्थलको टहराभित्र छिरेको थियो ।
टिपरको ठक्करबाट दुई जना बच्चा र एक वृद्ध गरी तीन जनाको मृत्यु भएको आश्रय स्थलका अध्यक्ष युवराज थापाले जानकारी दिए । उनका अनुसार बिहानै प्रहरी आएर मृतक र घाइतेलाई नेपाल मेडिकल कलेज अत्तरखेल जोरपाटी पु¥याएको थियो । प्रहरीका अनुसार अस्पतालका चिकित्सकले आज बिहान ४ः३३ बजे मृत घोषणा गरेका थिए ।
टिपरलाई डोजरको सहायताले तानेर बाहिर निकालिएको छ । उक्त टिपर सिन्धुपाल्चोकका २५ वर्षीय सागर माझीले चलाएका थिए । चालकलाई बौद्ध प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले घटनाको अनुसन्धान जारी रहेको जनाएको छ । सलम्बुटारमा २०६२ सालदेखि सञ्चालन भको उक्त आश्रय स्थलमा ६१ जना बस्दै आएका थिए ।
प्रतिक्रिया