चन्द्रागिरिको आरएमबि प्लास्टिक प्याकेजिङ हाउसमा भीषण आगलागी

शुक्रबार, २३ फागुन २०८१, ०९ : १५

काठमाडौँ– काठमाडौँको चन्द्रागिरिमा भीषण आगलागी भएको छ । गएराति १ः२० बजे आगालागी भएको थियो ।

चन्द्रागिरि नगरपालिका वार्ड नम्बर १० बोसीगाँउ स्थित रमेश पोदार र पुष्पा श्रेष्ठले  सञ्चालन गरेको आरएमबि प्लास्टिक प्याकेजिङ हाउसमा अचानक आगलागी भएको हो ।

७ वटा दमकल र १५ वटा पानि ट्याङकरको प्रयोगले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ । हालसम्म करीब ९० प्रतिशत आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । आगलागी नियन्त्रणमा प्रहरी वृत्त बालाजु र प्रहरी वृत्त थानकोटबाट ३२ जनाको टोली खटिएको छ ।

चन्द्रागिरि नगरपालिकाको दमकल, विशाल बजार वारुण यन्त्र दमकल, बालाजुको वारुण यन्त्र दमकल, ललितपुर महानगरपालिकाको दमकल, भक्तपुर नगरपालिकाको दमकल । साथै, बौद्ध रामहिटिको दमकल  र बुढानीलकण्ठ नगरपालिकाको दमकल आगो नियन्त्रणमा प्रयोग भइरहेका छन् ।
 

शुक्रबार, २३ फागुन २०८१, ०९ : १५

प्रतिक्रिया