काठमाडौं- समृद्धि फाइनान्स कम्पनी लिमिटेडद्वारा आज ट्याक्सी स्ट्यान्ड, पुतलीसडकमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। काठमाडौं महानगरपालिका र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा आयोजित उक्त कार्यक्रममा ७२ पिन्ट रगत संकलन गरिएको छ।
समृद्धि फाइनान्सले यसअघि आफ्नो इटहरी शाखा र जनकपुर शाखामार्फत पनि रक्तदान कार्यक्रम आयोजना गरिसकेको छ। यस महिनाभर तीनवटै शाखाबाट जम्मा १३१ पिन्ट रगत संकलन भएको छ।
समृद्धि फाइनान्स सधैं ग्राहक हितमा समर्पित रहँदै समाजसेवाका गतिविधिहरूमा संलग्न रहने प्रतिबद्धता व्यक्त गर्दछ। भविष्यमा पनि यस्ता कार्यक्रममार्फत संस्थाले सामाजिक उत्तरदायित्व बहन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरूमार्फत कारोबार गरिरहेको छ भने आर.टी.जी.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिट्यान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग तथा मोबाइल बैंकिङ, डेबिट कार्ड, क्यूआर कोडजस्ता डिजिटल सुविधाहरू प्रदान गरिरहेको छ।
प्रतिक्रिया