काठमाडौं– यामाहा नेपालले बहुप्रतिक्षित अल्टिमेट डुअल पर्पोज मोटरसाइकल ब्लूआर १५५आर नेपालमा आधिकारिक रूपमा सार्वजनिक गरेको छ। धुलिखेलको डर्ट टेम्पलमा आयोजित लन्च कार्यक्रममा अफ-रोड एडभेन्चर प्रेमीहरूलाई प्रत्यक्ष डर्ट ट्र्याक अनुभव प्रदान गरियो।
यामाहा नेपालका कार्यकारी निर्देशक दीपक कुमार अग्रवालले विशेष साँचो हस्तान्तरण समारोहमा ब्लूआर १५५आरका पहिलो ग्राहकहरूलाई साँचो प्रदान गरे।
यस अवसरमा, सहभागी राइडरहरूलाई अफ-रोड सवारी प्रविधि सम्बन्धी प्रशिक्षण दिइयो। प्रशिक्षणपछि सवारहरूले खुला डर्ट ट्र्याकमा ब्लूआर १५५आरको प्रदर्शन परीक्षण गर्ने अवसर प्राप्त गरे।
ब्लूआर १५५आर यामाहाको नवीनतम डुअल-पर्पोज मोटरसाइकल हो, जुन अफ-रोड रोमाञ्च र अन-रोड आरामलाई ध्यानमा राखी डिजाइन गरिएको छ। यसमा निम्न विशेषताहरू समावेश छन्:
१५५cc लिक्विड-कूल्ड, VVA इन्जिन – सबै भूभागमा उत्कृष्ट पावर डेलिभरी सुनिश्चित गर्दछ।
हल्का तौल र टिकाउ फ्रेम – अफ-रोड ट्रेलहरूमा गतिशीलता र सहनशीलता प्रदान गर्दछ।
लंग ट्राभल सस्पेन्सन – टेलिस्कोपिक फ्रन्ट फोर्क र लिङ्क-टाइप रियर सस्पेन्सनले स्थिरता र नियन्त्रण बढाउँछ।
२४५ मिमी उच्च ग्राउन्ड क्लियरेन्स – चरम भूभाग र अवरोध पार गर्न सघाउँछ।
२१-इन्च फ्रन्ट ह्वील र उत्कृष्ट ब्रेकिङ सिस्टम – चुनौतीपूर्ण ट्रेलहरूमा अधिकतम नियन्त्रण दिन्छ।
ब्लूआर १५५आरको सुरुवातसँगै, यामाहा नेपालले अफ-रोड राइडिङ संस्कृतिलाई बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।
नेपालमा एमएडब्लू राइड्स अन्तर्गत संचालित यामाहा नेपाल अत्याधुनिक प्रविधि, उच्च प्रदर्शन, र उत्कृष्ट ग्राहक सेवाका लागि प्रसिद्ध छ। यसले नवीन उत्पादन र असाधारण अफ्टर सेल्स सर्भिस को माध्यमबाट बजारमा आफ्नो नेतृत्व कायम राखेको छ।
ब्लूआर १५५आर अब नेपालभरका यामाहा शोरूमहरूमा उपलब्ध छ। अफ-रोड एडभेन्चर प्रेमीहरूका लागि यो "बियोन्ड हिमालय" जाने अवसर हो।
प्रतिक्रिया