काठमाडौं- अन्तर्राष्ट्रिय महिलादिवस २०२५ को अवसरमा प्रभु क्यापिटल लिमिटेडले विभिन्न क्षेत्रलाई प्रतिनिधित्व गर्ने नेपाली नारीहरूको योगदानको कदर गर्दै सम्मान प्रदान गरेको छ।
यस वर्षको नारा “सबै महिला र चेलीबेटीहरूको लागि: अधिकार, समानता, र सशक्तिकरण” प्रति ऐक्यबद्धता जनाउँदै प्रभु क्यापिटलका प्रबन्ध निर्देशक आशीष गौचन तथा सञ्चालन विभाग प्रमुख बसन्ता उपाध्यायले नेपाली समाजमा असाधारण योगदान पुर्याएका महिलाहरूलाई सम्मान गरे।
हरेक वर्ष मार्च ८ मा विश्वव्यापी रूपमा मनाइने अन्तर्राष्ट्रिय महिलादिवस महिलाहरूको उपलब्धि तथा योगदानको सम्मान गर्न समर्पित छ। यस दिन समान अवसर सुनिश्चित गर्ने, शिक्षा, रोजगारी, नेतृत्वमा पहुँचमार्फत सशक्तिकरण बढावा दिने तथा लैङ्गिक भेदभाव तथा हिंसाविरुद्ध आवाज उठाउने उद्देश्य राखिएको हुन्छ।
प्रभु क्यापिटलले सम्मान गरेका महिलाहरुमा सुगारिका के.सी (पूर्व मिस नेपाल/ कर्पोरेट प्रशिक्षक/ प्रोफेशनल एमसी), सरिता श्री ज्ञवाली (मिडिया पर्सनालिटी तथा उद्यमी), मानसी अग्रवाल (अन्तर्राष्ट्रिय कर्पोरेट प्रशिक्षक), पलेशा गोवर्धन (पहिलोनेपाली ओलम्पिक पदक विजेता, तेक्कान्दो खेलाडी), श्रेया गिरी (२०२४ फोब्र्सको प्रभावशाली युवा व्यक्तिमा सूचीकृत, संस्थापक – ह्याप्पी माइन्ड्स), सङ्गीता पाण्डे(उद्यमी–आमाको अचार), सोनिका मानन्धर (Tech बिजनेस Aloi) तथा रम्भा श्रेष्ठ (नि.अध्यक्ष – नेपाल महिला उद्यमी संघ) रहेका छन् ।
यी महिलाहरू आ-आफ्ना क्षेत्रहरूमा कठिन परिश्रम गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाली समाजलाई चिनाउने प्रेरणादायी व्यक्तित्वहरू हुन्।
प्रभु क्यापिटल मर्चेन्ट बैंकिङ सेवा प्रदायक संस्थाका रूपमा मात्र नभई सामाजिक उत्तरदायित्व बहन गर्ने लक्ष्यका साथ अघि बढेको छ। पूँजी बजारसँग सम्बन्धित सचेतना कार्यक्रम तथा तालिमहरू प्रदान गर्दै आएको यो संस्था महिलाहरूलाई आर्थिक रूपमा सशक्त बनाउन “प्रभु ऐश्वर्या योजना” (PMS योजना) सञ्चालनमा ल्याएको छ।
महिलाहरूलाई आर्थिक रूपमा सबल बनाउनु भनेको समग्र समाजलाई नै सशक्त बनाउनु हो भन्ने अवधारणाका साथ प्रभु क्यापिटलले आफ्ना विभिन्न योजनाहरू अघि बढाइरहेको छ। महिलादिवसको यो सम्मान कार्यक्रमले समाजमा लैङ्गिक समानताको सन्देश फैलाउने विश्वास लिइएको छ।
प्रतिक्रिया