बलात्कारको आरोपमा हेटौंडाबाट सातजना पक्राउ

शनिबार, २४ फागुन २०८१, ११ : ५४

काठमाडौं- मकवानपुरको हेटौंडाबाट जबरजस्ती करणीको आरोपमा सातजनालाई प्रहरीले पक्राउ गरेको छ ।

गत माघ ६ गते बिहान हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ मा रहेको बनस्खण्डी मन्दिर परिसरमा रहेको जंगलमा लगेर जबरजस्ती करणी गरेको युवतीले उजुरी दिएपछि प्रहरीले घटनामा संलग्न रहेका सात जना किशोरलाई नियन्त्रणमा लिएको हो ।

पीडित युवतीले घटनाबारे फागुन २१ गते जाहेरी दिएकोमा फागुन २२ गते पाँच जना र २३ गते दुई जना गरि सात जनालाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेकाहरु सबै १८ वर्ष मुनिका रहेको कारण उनिहरुको पहिचान भने सार्वजनिक गरिएको छैन ।

शनिबार, २४ फागुन २०८१, ११ : ५४

प्रतिक्रिया